अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार
काठमाडौँ । अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आईतबार साँझ फ्लाई दुबइको नियमित उडानबाट ५ जना तथा आज टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएका छन् । यो सँगै हालसम्म नेपाल आइपुग्नेको संख्या ८२८ पुगेको छ ।
काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। आगमन पश्चात उनीहरुलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानमा नै रहेका नेपालीहरुलाई सम्पर्कमा आउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया