Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

जोखिम भत्ता भर्सेज स्वास्थ्यकर्मी -

जोखिम भत्ता भर्सेज स्वास्थ्यकर्मी -

रमेश कुँवर

भिख माग्या हैन, ज्यानको बाजी लगाई सेवा गरेबापतको सरकारद्वारा घोषित सेवा सुविधा मात्रै मागेको हो । तपाई जब कोरोनाको डरले ज्यान जोगाउँन घरमा लुकेर बसिराख्नु भएको थियो ठिक त्यतिखेर घर परिवार सबैलाई पर राखेर कोरोना संग लडिरहेका थिए स्वास्थ्यकर्मीहरु । बन्द कोठा भित्र बसेर निर्देशन दिने जनप्रतिनिधि ज्यू र प्रशासक ज्यूहरुले अहिले आएर स्वास्थ्यकर्मीहरुलाई संघीय सरकारले व्यवस्था गरेको जोखिम भत्ताबाट बन्चित पार्ने कुकार्य निन्दनीय छ । यसो भनि रहदाँ भत्ताको लागि किन मरिहत्ते गर्या होलान जस्तो लाग्न सक्छ । स्वास्थ्यकर्मिहरुले कहिल्यै पनि भत्ता दिनुस अनि काम गर्छौ भनेका छैनौ ।

भत्ता सत्ताको कुनै पनि स्वाद नभएका कर्मजिवीमा धेरै स्वास्थ्यकर्मीहरु पर्छन । स्वास्थ्यकर्मी काम र नाममा रमाउँछन, दाममा हैन (केहि अपवादमा होलान ! आफ्नो प्रोफेसनल नैतिकतालाई लत्याएर दाममा रमाउने, त्यस्ता सम्पूर्णलाई राम राम) । सरकारले जटिल अवस्थामा सेवाप्रवाह बापत प्रतिबद्दता गरेको सुविधा उपभोग गर्न मात्रै खोज्या हो । तन्त्र भित्र स्वास्थ्यकर्मीहरुलाई हेर्ने नजरिया विरुद्द प्रतिवाद मात्रै गर्न खोज्या हो ।

निर्देशिकामा उल्लेख भएबमोजिम सहि व्यक्तिले मात्रै सुविधा उपभोग गर्न पाउनु पर्ने कुरामा दुईमत छैन । अनावश्यक जोखिम भत्ताको लागी मरिहत्ते गर्ने कुरा स्वास्थ्यकर्मीको नैतिकताले पनि दिदैंन, यस्ता लाई दुरुत्साहन गर्ने जिम्मेवारी पनि तपाई हाम्रै हो ।

(सहि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता प्राप्तिमा सहजीकरण गर्नुहुने सम्पूर्णमा हार्दिक नमन र कृतज्ञता)

प्रतिक्रिया