Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

त्रिकोणात्मक टि–ट्वान्टीः नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

त्रिकोणात्मक टि–ट्वान्टीः नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

काठमाडौं - काठमाडौंमा जारी त्रिकोणात्मक टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७६ रन जोड्यो । मलेसियाका वीरनदीप सिंहले ८७ रन बनाए ।

त्यसअघि नेदरल्याण्ड्सको पालीमा प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओदाउदले शानदार ब्याटिङ गर्दै अविजित एक सय ३३ रन बनाएका थिए ।

यसअघि शनिबार भएको खेलमा नेदरल्याण्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा नेपालले मलेसियाको सामना गर्नेछ ।

प्रतिक्रिया