Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

एशिया कप: भारत र पाकिस्तान आज पुनः भिड्ने

एशिया कप: भारत र पाकिस्तान आज पुनः भिड्ने

काठमाडौँ । वर्षाका कारण अवरुद्ध भएको भारत र पाकिस्तानबीचको खेल आज पुनः हुने भएको छ। 

भारतले हिजो २४ ओभर एक बलमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो। आज दिउँसो ३ः१५ मा यही अवस्थामा खेल शुरू हुनेछ।

जारी एशिया कपमा वर्षाको पूर्वानुमानसँगै भारत र पाकिस्तानबीचको ‘सुपर फोर’को खेल र फाइनल खेलका लागि ‘रिजर्भ डे’को व्यवस्था गरिएको छ। जस अनुसार आज रिजर्भ डेमा खेल हुन लागेको हो।

तर, आज पनि श्रीलंकाको कोलम्बोस्थित आर। प्रेमदास अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्षेत्रमा पानी पर्ने सम्भावना छ। 

आइतबार टस हारेर भारतले पहिला ब्याटिङ गर्ने निम्तो पाएको थियो। तर, पाकिस्तानी बलरसामु भारतीय ओपनर ब्याटरहरू खरो रूपमा उत्रिए।

रोहित शर्मा र शुभमन गिल दुवैले अर्धशतकीय पारी खेले। रोहित ५६ र शुभमन ५८ रन बनाएर क्रमशः शादाब खान र शाहीनशाह अफ्रिदीको बलमा आउट भए। आउट हुनुअघि यी दुईले १२१ रनको साझेदारी बनाएका थिए।

यसपछि मैदानमा उत्रिएका विराट कोहली र केएल राहुल क्रमशः आठ र १७ रनमा खेलिरहेका छन्।

भारतले आज पाकिस्तानको सामना गरेपछि भोलि श्रीलंकाको सामना गर्नेछ। 

प्रतिक्रिया