Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय आज

भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय आज

काठमाडौँ - भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुदैछ । खेल पुनेमा दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । आजको खेलमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन टिममा हुने छैनन् । औलाको चोटका कारण उनले दोस्रो र तेस्रो एकदिवसीय क्रिकेट गुमाउने भएका हुन् । 

इंग्ल्यान्डको कप्तानी जोश बटलरले गर्नेछन् । भारतका तर्फबाट श्रेयार आयर पनि टिममा हुने छैनन् । उनी पनि चोटका कारण सिरिजबाट बाहिरिएका हुन् । पहिलो एकदिवसीय जितेको भारतले आजको खेल जिते एक खेल अगावै एकदिवसीय सिरिज आफ्नो पक्षमा पार्नेछ । 

यसअघि भएको टेस्ट र टी(ट्वान्टी सिरिज भारतले जितेको थियो । 

प्रतिक्रिया