Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा आगलागी, एक हजार घर जल्यो

बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा आगलागी, एक हजार घर जल्यो

एजेन्सी - बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएको छ ।

आगलागीमा केहीको मृत्यु भएका आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टि भएको छैन ।

बंगलादेशको काक्स बजारमा रहेको शिविरमा बनेका अधिकांश घरहरु बाँसका र काठको रहेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको थियो ।

११ लाख रोहिग्यां रहेको यो शिविरमा आगलागी भएपछि भागदौड मच्चिएको थियो ।

म्यानमारमा भड्केको हिंसासँगै लाखौंको संख्यामा रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका थिए ।

यसैबीच बंगलादेश सरकारले आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमा राखिएको छ ।

प्रतिक्रिया