Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

मिठो स्वरको धनी मेलिना राई र पविन्द्र सुनारको ‘दिन्छौकी मायाले’ रिलिज (भिडियोसहित)

मिठो स्वरको धनी मेलिना राई र पविन्द्र सुनारको ‘दिन्छौकी मायाले’ रिलिज (भिडियोसहित)

काठमाडौं - नेपाल लोकस्टारका टप ५ प्रतिस्पर्धी पविन्द्र सुनार र चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा रहेको गित ‘दिन्छौकी मायाले’ भर्खरै मात्र सार्वजनिक भएको छ ।

चर्चित सिंगिङ रियालीटी सो नेपाल लोकस्टारको सिजन वानमा गायक पविन्द्र टप ५ मा पर्न सफल भएका थिय । लामो समय देखि गितको तयारीमै रहेका  पविन्द्रको यो पहिलो गित हो । 

ज्ञानेन्द्र गिरीको शब्द संगितमा तयार यस गितमा बिशाल निरौलाको एरेन्जर तथा मिक्सिङ मास्टरिङ रहेको छ । गितलाई अलंकार रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरिएको हो ।

राजिव समरले निर्देशन गरेको गीतमा कलाकार पल शाह र प्रियाना आचार्यको अभिनय रहेको छ । गितलाई आज (शनिबार) नमस्ते पल्स अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया