Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

लयमा फर्किन नपाउँदै नेपाली चलचित्र फेरि अन्योलमा

लयमा फर्किन नपाउँदै नेपाली चलचित्र फेरि अन्योलमा

काठमाडौं - कामकाजीले सातामा पाइने बिदाको दिन मनोरञ्जन गर्ने सहज स्थल हो( चलचित्र हल । विद्यार्थीले बिदा मनाउने स्थलका रूपमा चलचित्र हललाई रोज्ने गर्छन् । पारिवारिक रमाइलो होस् वा युवायुवतीले ‘डेटिङ स्पट’का रूपमा छनोट गर्ने स्थल( त्यो पनि चलचित्र हल नै हो ।

अर्थात् स्वस्थ मनोरञ्जनका लागि प्रायः पुग्ने थलोका रूपमा चलचित्र हललाई लिइन्छ । विडम्बना कोरोना महामारीयता अरूलाई मनोरञ्जन प्रदान गर्ने चलचित्र हलहरू आफैं सुनसान अवस्थामा छन् । यो अवस्था सिर्जना भएको एक वर्ष पुग्यो ।

गत वर्ष फागुनदेखि सुनसान बनेका चलचित्र हलमा अहिलेसम्म पनि रौनक र्फकन सकेको छैन । हुन त कोरोना महामारीले अरू क्षेत्र पनि प्रभावित भए । सानातिना उद्योग, व्यवसाय थला नै परे । तर सबैभन्दा छिटो प्रभावित भएको र सबैभन्दा पछिसम्म प्रभाव रहिरहेको क्षेत्रका रूपमा भने चलचित्र हल देखिएको छ ।

अन्य क्षेत्र खुले पनि चलचित्र हल खोल्ने अनुमति सरकारले नदिएपछि नेपाल चलचित्र संघले केही समयअघि हल खोल्ने निर्णय गरेको थियो । संघको ‘जबर्जस्ती’मा हल खुले पनि हलमा न नयाँ चलचित्र पुगे, न दर्शक नै आइदिए । हल खुलेपछि शुरुआतमा लकडाउनअघि नै प्रदर्शन भइसकेका चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’को प्रदर्शन गरियो ।

त्यसपछि ‘एउटा यस्तो प्रेम कहानी’ र ‘गोर्खे’ प्रदर्शनमा आए । यद्यपि सरकारले अझै पनि हल शतप्रतिशत अकुपेन्सीमा खोल्ने अनुमति दिएको छैन ।

यो शुक्रबारदेखि त्यति नाम नसुनिएका दुई चलचित्र ‘बेष्ट फ्रेन्ड’ र ‘श्री’ प्रदर्शनमा आए तर यी चलचित्र हेर्ने दर्शक पनि त्यति नआइदिएको गुनासो हल संचालकहरूको छ ।

अवस्था सामान्य हुन्थ्यो भने आउँदै गरेको नयाँ वर्षमा नेपाली चलचित्र प्रदर्शनका लागि तँछाडमछाड हुन्थ्यो । तर, कोरोना महामारीको त्रास पुनः बढेसँगै यसपटक नयाँ वर्षमा प्रदर्शन मिति तय गरेका चलचित्रहरू पनि प्रदर्शनबाट पछि हटेका छन् ।

चैत २७ मा प्रदर्शन मिति तोकेका ‘लप्पन छप्पन(२’, ‘कृष्ण लीला’ र ‘मनसँग मन’ चलचित्र प्रदर्शन भएनन् । यी चलचित्रको प्रदर्शन अनिश्चित भएको छ । निर्माताहरूले तत्काल प्रदर्शन मिति तय गर्ने आँट गर्न सकेका छैनन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल एक खालको माहोल बन्ने समयमा कोरोना संक्रमणको त्रास पुनः बढेकाले चलचित्र क्षेत्रमा फेरि अन्योलको अवस्था सिर्जना भएको बताउँछन् ।

‘अब माहोल बन्छ कि जस्तो लागेको थियो । चैतको अन्त्यबाट चलचित्र रिलिजको पाइपलाइन बनेको थियो’ दाहालले भने, ‘बोर्डले आफ्नो स्रोतबाट गर्न सक्ने सहयोग थालेको थियो । पूरा अकुपेन्सी खुल्ने अपेक्षा थियो । भारतमा कोरोना बढेपछि बलिउड चलचित्र रिलिज भएनन् । अनि नेपाली चलचित्र पनि पछाडि सरे ।’ अझै केही समय अन्योलकै अवस्था रहने दयाराम बताउँछन् ।

वितरक तथा हल संचालक गोपालकाजी कायस्थ भारतमा कोरोना संक्रमण पुनः बढेसँगै त्यसको असर नेपालमा पनि देखिएकाले त्यसको असर नेपालमा पनि प्रदर्शन मिति तोकिएका चलचित्रमा परेको बताउँछन् ।

आशा गरिएका हिन्दी, अंग्रेजी चलचित्रहरू प्रदर्शनमा आएपछि ती चलचित्र हेर्न हलमा दर्शक जान्छन् कि जाँदैनन्, हेरेरमात्रै नेपाली निर्माताहरूले चलचित्र प्रदर्शन गर्ने सोचमा थिए । कोरोनाका कारण हिन्दी चलचित्रहरू पोष्टपोन्ड हुँदा प्रदर्शन मिति तय भएका नेपाली चलचित्र पनि पोष्टपोन्ड भए
‘भारतमा कोरोना पुनः बढेसँगै हल बन्द भए । चलचित्र ‘सूर्यवंशी’ रिलिज हुन सकेन । त्यो रिलिज भएको भए केही माहोल बन्थ्यो कि भन्ने आशा थियो’ उनले भने, ‘यता नेपालमा पनि प्रदर्शन तोकिएका चलचित्र सरे । हल पूरै ठप्प छन् । अवस्था विजोग छ ।’

चलचित्र संघका महासचिव अशोक शर्मा सरकारले हल खोल्ने अनुमति दिए पनि नयाँ चलचित्र नहुँदा सिंगल थिएटरका धेरै हल बन्द नै रहेको बताउँछन् । कोरोनाका कारण डेढ दर्जनभन्दा बढी हलहरू भने सधैंका लागि बन्द भएको अशोकले बताए ।
उनी चलचित्र रिलिज गरेर कोही पनि निर्माताहरू जोखिम मोल्न तयार नरहेको बताउँछन् ।

‘आशा गरिएका हिन्दी, अंग्रेजी चलचित्रहरू प्रदर्शनमा आएपछि ती चलचित्र हेर्न हलमा दर्शक जान्छन् कि जाँदैनन्, हेरेर मात्रै नेपाली निर्माताहरूले चलचित्र प्रदर्शन गर्ने सोचमा थिए’ उनी भन्छन्, ‘कोरोनाका कारण हिन्दी चलचित्रहरू पोष्टपोन्ड हुँदा प्रदर्शन मिति तय भएका नेपाली चलचित्रहरू पनि पोष्टपोन्ड भए ।’

गत वर्षका चलचित्र ‘होल्ड’मै

गत वर्ष नै प्रदर्शन मिति तोकिएका चलचित्रहरू अझै ‘होल्ड’मै छन् । गत वर्ष फागुन ३० गते ‘म यस्तो गीत गाउँछु(२’, चैत ७ गतेदेखि ‘नीरफूल’, त्यस्तै चैत २१ गतेदेखि ‘लक्का जवान’, चैत २८ मा ‘प्रेम गीत(३’, ‘चपली हाइट(३’ को प्रदर्शन मिति तोकिएको थियो ।

कोरोनाका कारण प्रदर्शन हुन नपाएका यी चलचित्रहरू कहिले प्रदर्शन हुने हुन् अझै टुंगो लागेको छैन ।

कोरोनाको त्रास नहटेका कारण प्रदर्शन मिति तोक्न नसकिरहेको ‘म यस्तो गीत गाउँछु(२’ का निर्देशक सुदर्शन थापा बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘तत्काल प्रदर्शन मिति तोक्ने सम्भावना पनि देखिइरहेको छैन ।’

‘प्रेम गीत(३’ का निर्माता तथा निर्देशक सन्तोष सेनले भने, ‘कोरोना संक्रमणको त्रास पुनः बढेको अवस्थामा छ । यसले थप अन्योल बनाएको छ ।’

छायांकन सकेका, छायांकनकै तयारीमा रहेका चलचित्र

निर्देशक सुदर्शन थापाले कोरोनाका कारण रोकिएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकेका छन् । चलचित्र सम्पादनको काम भइरहेको छ ।

निर्माता सन्तोष सेनले केही महीना अगाडि नयाँ चलचित्र ‘हुतुतु’ को घोषणा गरे तर छायांकन शुरू गरिहाल्ने माहोल नरहेको बताए । उनी यतिबेला प्रदर्शन रोकिएको चलचित्र ‘प्रेम गीत(३’ को हिन्दी भाषामा डबिङका लागि भारतमा छन् ।

उनले अनलाइनखबरसँग भने, ‘माहोल राम्रो भएपछि ‘प्रेम गीत(३’ एकैचोटि नेपाल र भारतमा रिलिज गर्ने योजनामा छौं ।’

कोरोनाले गत वर्ष छायांकन चलिरहेको चलचित्र ‘परदेशी(२’ को छायांकन रोकियो । लकडाउन खुलेपछि चलचित्रको बाँकी छायांकन गरियो । अहिले यो चलचित्र पोष्ट प्रोडक्सनमा रहेको निर्देशक नारायण रायमाझीले बताए । दशैंका लागि चलचित्रको प्रदर्शन मिति तय भएको छ ।

चलचित्र निर्देशक झरना थापाले चलचित्र ‘ए मेरो हजुर(४’को छायांकन अन्तिम चरणमा पुगेको बताइन् । लकडाउन अघि र पछि गरेर भदौ १८ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।

केही दिनअघि छायांकन सकिएको चलचित्र ‘आइएम ट्वान्टी वान’को डबिङ सकिए पनि कोरोनाको त्रास कायमै रहेकोले प्रदर्शन मिति ‘कन्र्फम’ गर्न नसकिएको निर्देशक रेनशा वान्तवा राईले बताइन् ।

निर्देशक दीपेन्द्र के। खनालले ‘चिसो मान्छे’को छायांकन केही दिनअघि सके । यो चलचित्रले भदौ ११ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनिरहेको चलचित्र ‘दुई नम्बरी’को छायांकन भदौमा सारिएको छ । कोरोना संक्रमणले देखिएको अन्योलका कारण छायांकन सारिएको दीपेन्द्रले बताए ।

दिनेश राउतको निर्देशनमा चलचित्र ‘प्रकाश’को जुम्लामा छायांकन चलिरहेको छ । सुवर्ण थापाको निर्देशनमा ‘द सेक्रेट अफ राधा’को छायांकन सकिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको अभिनयमा चलचित्र ‘बिहे पास’को विराटनगरमा छायांकन चलिरहेको छ । तर यी छायांकन सकिएका र छायांकन चलिरहेका चलचित्रको प्रदर्शन कहिले हुने भन्ने अन्योल चलचित्रकर्मीलाई छ ।

निर्देशक रामबाबु गुरुङ ‘कबड्डी(४’को छायांकन शुरू गर्ने तयारीमा छन् । सुरेन्द्र पौडेलको निर्देशनमा चलचित्र ‘बाबरी क्याफे’ को छायांकन केही दिनमा शुरू हुने भएको छ ।

अभिनेत्री रेखा थापाले आफ्नै ब्यानरमा चलचित्र निर्माणको तयारी थाले पनि कोरोना महामारीले छायांकन शुरू गर्न नसकेको बताउँछिन् ।

लेखक तथा कलाकार दीपकराज गिरी कोरोनाको त्रासबीच चलचित्रको छायांकन शुरू गर्ने ‘मूड’मा नरहेको बताउँछन् । उनी भन्छन्, ‘अहिले सुटिङ गर्ने अवस्थै छैन । माहोल ठीक नभएसम्म म सुटिङ सुरू गर्दिनँ ।’

‘जात्रा’ निर्माण टिमले नयाँ चलचित्रको तयारी थालेको पनि लामै समय भइसकेको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत चलचित्रका लागि अन्य कलाकार फाइनल भइसकेका छन् । गत वर्षको वैशाखदेखि नै यो चलचित्रको छायांकन शुरू गर्ने योजना थियो । तर, कोरोनाका कारण अहिलेसम्म चलचित्रको छायांकन शुरू गर्न नसकिएको निर्देशक प्रदीप भट्टराई बताउँछन् ।

‘कालो पोथी’ का निर्देशक मीन भाम ‘चिसो वर्ष’को तयारीमा छन् । कोरोना संक्रमणले पारेको अन्योल परिस्थितिका कारण चलचित्रको छायांकन शुरू गर्न नसकिएको मीनले बताए । ‘बुलबुल’ निर्देशक विनोद पौडेल नयाँ चलचित्रको कथामा लागिपरेका छन्
खगेन्द्र लामिछानेको चलचित्र ‘पानीफोटो’ को छायांकन सकिएको धेरै भइसकेको छ । चलचित्रले साउन ३० गतेलाई प्रदर्शन मिति तय गरेको थियो । यो मितिमा चलचित्र प्रदर्शनमा आउँछरआउँदैन अन्योल देखिन्छ ।

निर्देशक दिवाकर भट्टराई ‘तिमीसँगै हुने मन छ’को तयारीमा छन् ।

‘कोहलपुर एक्सप्रेस’ नामक चलचित्रबाट निर्माणमा होमिएकी अभिनेत्री केकी अधिकारीले हालै मात्र ‘बोक्सीको घर’ नामक चलचित्रको छायांकन सकेकी छिन् । चलचित्र पोष्ट प्रोडक्सनको क्रममा छ । कर्मा र लक्ष्मी बर्देवाको जोडी बाँध्दै चलचित्र ‘अनन्त’को छायांकन शुरू गरिएको छ । चलचित्र ‘डिसेम्बर फल्स’को केही दिनअघि मात्रै छायांकन सकिएको छ ।

अभिनेता भुवन केसीले ‘पारस’ र ‘माइतीघर(२’ बनाउने घोषणा गरेका छन् । यी दुई चलचित्रको छायांकन कहिलेदेखि हुने निश्चित छैन । मिलन चाम्सले ‘गोर्खा वारियर(२’ को पहिलो चरणको छायांकन सम्पन्न गरे ।

‘कालो पोथी’ का निर्देशक मीन भाम ‘चिसो वर्ष’को तयारीमा छन् । कोरोना संक्रमणले पारेको अन्योल परिस्थितिका कारण चलचित्रको छायांकन शुरू गर्न नसकिएको मीनले बताए । ‘बुलबुल’ निर्देशक विनोद पौडेल नयाँ चलचित्रको कथामा लागिपरेका छन् ।

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘प्रसाद(२’ को तयारी गरिएको छ । निर्माता माधव वाग्लेले विपिन कार्कीलाई लिएर ‘विवेक’ नामक चलचित्र निर्देशनको घोषणा गरेका छन् । जेठबाट छायांकनमा जाने माधवले बताएका छन् । निश्चल बस्नेत चलचित्र ‘जिन्दावाद’ को तयारी गरिरहेका छन् । उनको चलचित्र छायांकनमा गइसकेको छैन । यी बाहेक थुप्रै चलचित्र घोषणा गरिएका छन् । केहीले कोरोनाले निम्त्याएको अन्योल परिस्थितिकै बीच छायांकन शुरू गरेका छन्, केही अन्योलमै छन् । छायांकन सकिएका चलचित्रहरूले पनि प्रदर्शन मिति तय गर्न सकेका छैनन् ।

कोरोना नै हट्नुपर्छ

निर्देशक प्रदीप भट्टराई चलचित्र क्षेत्र लयमा फर्किन कोरोनाको त्रास नै अन्त्य हुनुपर्ने बताउँछन् ।

‘केही साता अगाडिसम्म कुनै बलिउड र हलिउडका चलचित्र आएपछि हलमा दर्शकको माहोल आफैं बन्छ भन्ने लाग्थ्यो’ उनी भन्छन्, ‘तर, अब चलचित्र क्षेत्र लयमा फर्किन कोरोना नै हट्नुपर्छ ।’

कोरोना हटेपछि भने चलचित्र क्षेत्रलाई चलायमान बनाउन ठूला ब्यानरका, आशा गरिएका चलचित्र प्रदर्शनमा आउनुपर्ने बताउँछन् ।

प्रदीपकै भनाइमा सहमति जनाउँछन् लेखक तथा कलाकार दीपकराज गिरी । उनी भन्छन्, ‘जबसम्म मानिसमा कोरोनाको मनोवैज्ञानिक त्रास कम हुँदैन, तबसम्म चलचित्र क्षेत्र गतिशील हुन सक्दैन ।’

निर्देशक दीपेन्द्र के। खनाल हलिउड र बलिउड चलचित्र कुरेर बस्नुभन्दा नेपाली चलचित्र रिलिजका लागि सबै पक्ष हातेमालो गरेर अगाडि बढनुपर्ने बताउँछन् । यो समाचार अनलाईन खबरमा छ।

प्रतिक्रिया