Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

प्रधानमन्त्री कप महिला भलिबलकाे पहिलाे दिन भोली २ खेल

प्रधानमन्त्री कप महिला भलिबलकाे पहिलाे दिन भोली २ खेल

नेपालगञ्जमा भोलीबाट सुरु हुने प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन । जसमा उद्घाटन खेलमा न्यू डायमण्ड र नेपाल पुलिस क्लव विच प्रतिस्पर्धा हुनेछ ।

नेपालगञ्जमा हुने प्रतियोगितामा उपाधिको बलियो दावेदार न्यू डायमण्डले पुलिससँग खेल्नेछ । यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी र लुम्बिनी युनाइटेडविच प्रतिस्पर्धा हुनेछ ।

प्रतियाेगिताकाे तयारी पुरा भएकाे र प्रतियाेगितामा सहभागि टिम नेपालगञ्ज पुग्ने क्रममा रहेकाे बताइएकाे छ । काेराेनाका कारण याे बर्ष विदेशी टिम भने खेल्न नअाउने भएका छन । प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ पाउने भएकाे छ । अघिल्लाे सिजनकाे भन्दा याे बर्ष पहिलाे हुने टिमकाे पुरस्कार राशीमा तीन लाख रूपैयाँ बढाएकाे छ ।


बांके जिल्ला भलिवल संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बढाइएकाे पुरस्कार राशीकाे घोषणा गरेको हो । अायाेजकका अनुसार उपविजेताले २ लाख रूपैयाँ पाउनेछ भने तेस्रो हुनेले एक लाख र चौथोमा रहने टिमले ५० हजार रूपैयाँ पाउनेछन ।

राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुभवन आर्मी क्लब, एपीएफ क्लब, न्यु डाइमन्ड एकेडेमी र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी पांच टोलीको सहभागिता रहनेछन । कोरोना भाइरसका कारण भारतीय टोली भने आउन नसकेको आयोजकले जानकारी दिएको छ ।

फाइनल फागुन २५ गते हुनेछ । पुलिसले पहिलो र छैटौ, एपीएफले दोस्रो र पांचौ तथा तेस्रो र चौथो रेलवे टिम भारतले उपाधी जितेका छन ।

प्रतिक्रिया