Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

पिताको दोश्रो जुनि  २०५८ सालको श्रीपन्चमी बिशेष

पिताको दोश्रो जुनि  २०५८ सालको श्रीपन्चमी बिशेष

२०५८ साल फागुन ५ गते श्रीपन्चमी थियो । तत्कालीन द्वन्द्वका प्रभावले स्वस्थ मनस्थिति र शान्तसँग पढ्न सक्ने स्थिति नभएको त्यस बखतमा अतिरिक्त क्रियाकलाप , सिर्जनात्मक गतिविधि , प्रतिभा / क्षमता प्रस्फुटन तथा प्रदर्शनको अवसर त हाम्रो लागि अन्य ग्रह पुग्नु जतिको टाढा थियोे । बुर्जुवा शिक्षा र देवि देउता मान्ने धर्म संस्कार संस्कृतिको बिरोधि माओवादीका गतिविधिले त्रसित समाजको बिद्यालय । तत्कालीन अवस्थालाई मध्यनजर गर्दै होहल्ला नगरी सरस्वतीको पुजा गर्ने भनी गुरुहरुसँग सल्लाह भएको थियो ।

ड्याडी काम बिशेषले सदरमुकाम जानुभएको थियो । हामी भाइबहिनी मम्मिसँगै सुतेका थियौं । लगभग २ बजेतिर डड्याङ डुडुङको आवाज निकै थर्कियो, हामी सबै ब्युझियौं । घर भुइचालो आएजस्तै थर्किन्थे । हामी बाहिर निस्कन सकेनौ्। ममिले घरभित्रै बाटामा पिसाब गराउनु भयो । सजिलै अनुमान गय्रौं साँफे आक्रमण भयो । सदरमुकाम पनि आक्रमणको शिकार भयो कि डर लाग्यो नभन्दै केही मन्द सुनिने बमको आवाजले अनुमानलाई एकिन गराइदियो । रातभरि सुत्न सकेनौं । हामी त सँगै छौं सकुशल छौं तर ड्याडी मात्र एक्लै के भयो होला ? रातभर प्राथना गय्रौं । बिहान भयो डाँडाबाट मंगलसेन हेर्दा ध्वस्त थियोे । ड्याडीको अत्तोपत्तो थिएन । बिचलित भयौं ।

सबै आफ्ना आफन्तको खोजीमा लागे तर ..हामी सानै भएकाले खबर गर्ने कोही थिएन । आमाका पछाडि मामा बाबाका पछाडि काका/ फुपू को आवश्यकता सम्झेर डाको छोडेर निकैबेर रोएकी थिएं । तेस्रो दिन जिउँदै हुनुहुन्छ भन्ने खबर पायौं । आगोपानी नगरी तीन दिन सम्म बसेका थियौं । चौथो दिनमा ड्याडी घर पुग्दा निकैबेर रुवाबासी चलेको थियोे । भन्दा ड्याडी ३ महिनासम्म निकै नाजुक मनस्थितिमा रहनुभयो । सामान्य अवस्थामा फर्कन लगभग ३ बर्ष जति लाग्यो । केही असर ऐलेसम्म पनि छ ।

त्यो कहालीलाग्दो रात सम्झँदा अझै पनि आङ सिरिङ्ग हुन्छ । जसको असर ऐलेसम्म रहेको छ । कान फुट्ने , मुटु झस्किने गरि पड्केका बमका आवाजको असरले अहिले पनी दीपावलीका पटाका र गाडिका टायर पड्किदा पनि सातोपुत्लो जान्छ । आगामी दिनमा बालबालिकाले त्यस्तो अवस्था भोग्न नपरोस् । परिवर्तनको लागि क्रान्ति आवश्यक हुन्छ तर बिगतको शैलीले निम्त्याएको संकट र परेको असरले क्रान्तिको शैली परिवर्तन हुनुपर्छ भन्ने आभास धेरैलाई भएको छ सायद ।

(यज्ञ स्वाँर को फेसबुक वाल बाट )

प्रतिक्रिया