Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

उद्घाटन खेलमै विनोद भण्डारीको शतक, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता :

उद्घाटन खेलमै विनोद भण्डारीको शतक, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता :

नेपाल आर्मीका विनोद भण्डारीले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् । उनले ९ चौका र ५ छक्काको सहयोगमा १ सय ११ रन बनाएका हुन् ।

उनको शतकीय पारीमा आर्मीले गण्डकीलाई २८८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो ।
भण्डारीले उद्घाटन खेलमै शतकीय पारी खेलेका हुन् ।

टीममा राजु रिजालले ४५, लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए । त्यस्तै भीम सार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट भए ।

गण्डकीका बिपिन खत्री र विशाल पौडेलले समान २ विकेट लिए । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।

प्रतिक्रिया