Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

कोरियोग्राफर रेमोलाई हृदयघात

कोरियोग्राफर रेमोलाई हृदयघात

बलिउड कोरियोग्राफर तथा फिल्ममेकर रेमो डिसुजालाई शुक्रबार दिउँसो २ः३० बजे हृदयघात भएको छ । त्यसपछि उनलाई कोकिलाबेन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनको एन्जियोप्लास्टी सर्जरी गरिएको बताइएको छ ।

रेमो मुटुबाट ‘ब्लकेज’ हटाएर उनलाई आईसीयूमा सारिएको छ । रेमोसँग उनको पत्नी लिजेल साथमा रहेकी थिइन् । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४६ वर्षीय रेमो अहिले ठीक रहेको र उनको स्वास्थ्य सुधारउन्मुख रहेको ट्रेड एनालिस्ट कोमल नाहटाले पनि ट्वीटरमार्फत जानकारी दिए ।

त्यस्तै, कोरियोग्राफर तथा अभिनेता धर्मेश येलान्डेले पनि रेमो अहिले ठीक रहेको र आफूहरु अस्पतालमा उनीसँगै रहेको बताए । उनका अनुसार रेमोको शल्यक्रिया भएको छ । रेमोको हृदयघातको खबरपछि फ्यान तथा सेलिब्रेटीहरुले उनको सुस्वास्थ्यको कामना गरेका थिए ।

प्रतिक्रिया