Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

अस्ट्रेलिया विरुद्धको टी-२० शृंखलामा भारत को लगातार दोस्रो जित

अस्ट्रेलिया विरुद्धको टी-२० शृंखलामा भारत को लगातार दोस्रो जित

भारतले अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज जितेको छ । भारतले तीन खेलको शृंखलामा निर्णायक २–० अग्रता लिएको हो । उसले शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हरायो ।

भारतले एक खेल अगाडि नै तीन खेलको सिरिज पक्का गरेको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको भारतसामु २० ओभरमा ५ विकेट गुमाएर अष्ट्रेलियाले १९५ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाका लागि सर्वाधिक मेथ्यु वेडले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै स्टीभ स्मिथले ४६ रन बनाए भने भारतका तर्फबाट टी नटराजनले २० रन खर्चिएर २ विकेट लिए ।

अष्ट्रेलियाले ११ ओभरमा १०० रनको आँकडा पार गरेकाे थियो । अष्ट्रेलियाका लागि सर्टले ९ रन बनाए भने म्याक्सवेलले २२ र हेन्रिकेसले २६ रन बनाए । स्टाइनिसले १६ र साम्सले ९ रन बनाएका थिए । जवाफमा भारतले १९ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको भारतले ५६ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर लोकेश राहुल ३० रनमा आउट भए । त्यसपछि शिखर धवन ५२ रनमा पेभेलियन फर्किएपछि भारतले ९५ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि सञ्जु सामसन मात्र १५ रनमा आउट भए भने कप्तान विराट कोहलली ४० रन बनाए । एक सय ४९ रनमा चार विकेट गुमाएको भारतलाई अन्तिममा हार्दिक पाण्ड्याले सम्हालेका थिए ।

हार्दिकले २२ बलमा तीन चौका र दुई छक्काको पद्दतले ४२ रन बनाए । यस्तै श्रेयस ऐयरले १२ रनको योगदान गरे ।

प्रतिक्रिया