कैलाली पुगेर २ मन्त्रीले गरे ५ वर्षअघि बनेको सडक तामझामका साथ शिलान्यास
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले शनिबार सो सडक शिलान्यास गरेका हुन् । यहाँसम्म कि सो सडकको स्तरोन्नतीको काम दशैं लगत्तै सुरु गरिएको थियो ।
हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले भने, ‘पहिले सिंगल लेन थियो । अब २ लेन बनाउने गरी स्तरोन्नती हुने हो ।’
पहिलै शिलान्यास भइ निर्माण भएको सडक पुनः शिलान्यास भयो नि ? भन्ने प्रतिप्रश्नमा मडै भन्छन्, ‘निर्माण त सन २०१४ मा नै भारतीय कम्पनीबाट भएको हो । तर अहिले स्तरोन्नतीको शिलान्यास हो ।’
सो कार्यालयका अनुसार २७.५ किलोमिटर सडक खण्डको स्तरोन्नती ३० महिनामा हुने भएको छ । १ अर्ब १४ करोड लागतमा ३ प्याकेजमा स्तरोन्नती हुने जनाइएको छ ।
कैलाली जिल्लामा निर्माणधिन हुलाकी सडक कहिले निर्माण सम्पन्न नहुँदै उद्घाटन भएको छ, त कहिले दोहोरो शिलान्यास ।
यसअघि निर्माण सम्पन्न नहुँदै कैलालीको धनगढी–सत्ती खण्डको पूर्व मन्त्री रमेश लेखकले उद्घाटन गर्न भ्याएका थिए ।
तर धनगढी–सत्ती खण्ड अन्तरगत वसन्ता वन क्षेत्रमा निर्माण कार्य पहिलैदेखि प्रभावित हुँदै आएको छ । जसप्रति वेवास्ता हुँदै आएको हो । वन मन्त्रालयले रुख कटानीको स्वीकृती नदिदा २ किलोमिटर सडकखण्डमा रहेका १ सय रुख कटानी गर्न बाँकी रहेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया