Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०१ जेठ २०८१

सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनानमा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। आज कोरोना पुष्टि भएका सबैजना कैलाली जिल्लाका रहेका छन ।

लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५ जना, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार तीन सय ३४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका चार सय ६० जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया