Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

ईन्द्रेणिको बसाई “खोजि आवाजको” प्रतिस्पर्धामा अछामकी पवित्रा खड्का विजयी

ईन्द्रेणिको बसाई “खोजि आवाजको” प्रतिस्पर्धामा अछामकी पवित्रा खड्का विजयी

रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियाे काठमाण्डुकाे कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” प्रतिस्पर्धा सकिएकाे छ ।

लोक गीत, दोहोरी गाउने क्षमता भएका तर उपयुक्त अवसर पाउन नसकेकाको लागि रेडियोकाे माध्यमबाट याे अवसर सिर्जना भएकाे हाे । याे कार्यलाइ अगाडि बढाउन रेडियाे काठमाण्डु र डिएआर मुभिजको सहकार्यमा “खोजि आवाजको” प्रतिस्पर्धा संचालन गरिएकाे थियाे ।

देशभरका एक सय भन्दा बढि रेडियाे एफ एमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणि मार्फत देशभरका लाेक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

“खोजि आवाजको” प्रतिस्पर्धामा सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी छन ।

बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्नेछ ।

कार्यक्रमकाे संचालन ईन्द्रेणिका संचालक चर्चित कार्यक्रम प्रस्ताेता तथा रेडियाे काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गैतमले गरेका थिए । “खोजि आवाजको” निर्णायकमा घमेश दुलाल र प्रभावन जे रहेका थिए ।

पहिलाे रेडियाे अडिसनमा सिता मगर भाेजपुर, धनराम परियार काठमाण्डाै, उपेश परियार दाङ, महेश दवाडि काठमाण्डाै, छिना गुरूङ भाेजपुर र पृथ्विराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सिता मगर पहिलाे अडिसनबाट छनाैट भएका थिए ।

यस्तै दाेस्राे रेडियाे अडिसनमा कैलास कैनी डडेलधुरा, थामि मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन राेल्पा, पवित्रा खड्का अछाम र स्वाेता सुनार गुल्मीबाट सहभागी भएका थिए ।
कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनाैट भएका थिए ।

यस्तै तेस्राे रेडियाे अडिसनमा पुर्ण कुमार तिवारी काठमाण्डाै, पवित्रा आले मगर काठमाण्डाै, नविन बाेहरा डाेटि, कल्पना मगर सल्यान, पासाङ शेर्पा भाेजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पुर्ण कुमार तिवारी अडिसनबाट छनाैट भएका थिए ।

तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए ।

फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन ।

 

प्रतिक्रिया