Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०१ जेठ २०८१

अछाममा १२ जना कोरोना संक्रमित थपिए

अछाममा १२ जना कोरोना संक्रमित थपिए

अछाम – जिल्लामा थप १२ जना कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ ।

३ दिन पहिले गरिउको पीसीआर परिक्षणका क्रममा थप १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देश जोशीले जानकारी दिएका छन् ।

मेल्लेख गाउँपालिका वडा नम्बर ५ का १९ देखि ३९ बर्षसम्मका पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको उनले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ती व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा मेल्लेख गाउँपालिका वडा नम्बर ५ का २३, ३५, २२, २२, ३१, ३३, २९, ३५, ३९, २९, ३५ र १९ बर्षिया पुरुष रहेका छन् ।

यो संगै अछाम जिल्लामा हालसम्म ६९ जना जिल्ला भित्र र ३ जना जिल्ला बाहिर गरि ७२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जसमध्ये ११ जना कोरोना निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया