कोरोना सङ्क्रमित गर्भवती महिलाको शल्यक्रिया सफल
बाँके – कोहलपुरकाे शिक्षण अस्पतालमा भर्ना भएकी काेराेना सङ्क्रमित गर्भवती महिलाको शनिबार शल्यक्रिया सफल भएकाे छ ।
अस्पतालका सहनिर्देशक डाक्टर नितेश कनोडियाका अनुसार रुपन्देहीको सिद्धार्थनगरको भीम अस्पतालबाट शुक्रबार रेफर गरेर ल्याइएकी कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया गर्भवती महिलाको शनिबार बिहान शल्यक्रिया गरिएको हो । आमा र नवजात शिशु दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रसूति विशेषज्ञहरू डा. कविता सिन्हा, डा. अमरेन्द्र कुशवाहा, बालरोग विशेषज्ञ डा. राजेश केसी, एनेस्थेसियोलोजिस्ट डा. रविन श्रेष्ठ, सहायक एनेस्थेसियोलोजिस्ट सङ्गीता गिरी, नर्सहरू सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले शल्यक्रिया गरेको थियो । अस्पतालका अनुसार शल्यक्रियाबाट दुई किलो चार सय ग्रामको स्वस्थ शिशुको जन्म भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मी कोरोना पोजेटिभ महिलाको उपचारमा उच्च मनोबलका साथ संलग्न भएको भन्दै बिरामीका आफन्तले धन्यवाद दिएका छन् । एक महिनाअघि मुम्बईबाट फर्किएर बुटवलको क्वरेण्टीनमा बसेकी महिलाको पीसीआर परीक्षण गर्दा जेठ ३० कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि शिक्षण अस्पतालमा अछामको बयलपाटा अस्पतालबाट रेफर भइ आएकी कोरोना पोजिटिभ २५ वर्षीया गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको थियो ।
कोरोना पोजिटिभ बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई क्वरेण्टीनमा राख्ने गरिएको छ । बाँकेमा अहिलेसम्म ९० जना चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई क्वरेण्टीनमा राखिएको छ । पटक-पटक अस्पतालका विभिन्न वार्ड एक दिनका लागि सिल भएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया