Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

दोस्रो र तेस्रो दिन पनि नेपाली कांग्रेस द्वारा रामारोशनका बाढी पिडितलाई राहत वितरण

दोस्रो र तेस्रो दिन पनि नेपाली कांग्रेस द्वारा रामारोशनका बाढी पिडितलाई राहत वितरण

नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत  सुरु गरेको हिजो दोस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ६ भाँटाकाटिया का १४३ परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ५ अल्लेडिका १६३ परिवार लाई राहत सामाग्री वितरण गरिएको थियो भने आज तेस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन का १३० परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ६ पुदुका १४० परिवार लाई राहत वितरण  गरिएको राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्टले बताउनु भयो । 

कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य अनुराधा स्वाँर, जिल्ला कमिटी सदस्य मान बहादुर साँउद, नेपाली कांग्रेस रामारोशन गाउँपालिका सभापती नन्द राज उपाध्याय नेपाली कांग्रेस रामारोशन गाउँपालिका सचिव पुर्ण बि क ने बि संघ का पुर्व केन्द्रिय सदस्य चन्द्र बि क राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्ट ने बि संघ जिल्ला कमिटी सदस्य दल बहादुर साउँद तरुण दल का रेवाती साउँद र देवेन्द्र साउँद को उपस्थिती रहेको थियो । बाकी रहेका वडामा पनि छिट्टै राहत वितरण गरिने राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्टले भन्नुभएको छ । 

 

प्रतिक्रिया