Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

महिला कलाकारको फोटा अश्लिल बनाएर फेसबुकमा राख्ने अछामका युवक पक्राउ

महिला कलाकारको फोटा अश्लिल बनाएर फेसबुकमा राख्ने अछामका युवक पक्राउ

नक्कली फेसबुक पेज बनाएर अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने व्यक्ति विरुद्ध चलाइएको छ।

तस्वीरको स्वरुप विगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गरेको भन्दै अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध मुद्दा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको साइबर व्यूरोले जनाएको छ। 

प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा उनलाई मुद्धा चलाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

उनले ख्यातीप्राप्त महिला कलाकारको फोटोको स्वरुप विगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो। हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लिल गतिविधि सञ्चालन गरेको पाइएको व्यूरोले जानकारी दिएको छ।

प्रतिक्रिया