Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

भारतीय अभिनेत्रीसँग लगनगाँठो कस्दै आदित्य नारायण झा

भारतीय अभिनेत्रीसँग लगनगाँठो कस्दै आदित्य नारायण झा

गायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग लगन गाँठो कस्न लागेका हुन् ।

केही समय अघी आदित्यको विवाह गायिका नेहा कक्करसँग हुने चर्चाले बलिउड तताएको थियो । इन्डियन आइडलको जजसमेत रहेकी नेहा र शोका सञ्चालक आदित्यको विवाहको घोषणा कार्यक्रमको सेटमा आदित्यका बाबु गायक उदित नारायण झाले गरेका थिए । नेहासँगको विवाह कार्यक्रमको कथा अनुसार भएको आदित्य बताउँछन् । उनी भन्छन्, त्यो केबल मजाक थियो ।

यति बेला भने १० वर्षदेखि प्रेम सम्बन्धमा रहेका आदित्यले बिहेको घोषणा गरेका हुन् । स्वेताले बलिउडका साथै दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग काम गरेकी छन् ।

आदित्य र श्वेताको आफ्नो भेट सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । आदित्यले भेट भएसँगै एक अर्कालाई मन पराउन थालेको बताएका छन् ।

प्रतिक्रिया