Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

रामारोशन पर्यटन क्षेत्र विकास तथा ब्यबस्थापन समितीको अध्यक्षमा चक्र रावल नियुक्त

रामारोशन पर्यटन क्षेत्र विकास तथा ब्यबस्थापन समितीको अध्यक्षमा चक्र रावल नियुक्त

कमल रावल, असोज १८ अछाम

रामारोशन पर्यटन क्षेत्र विकास तथा ब्यबस्थापन समितीको चक्र रावल नियुक्त हुनु भएको छ । सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आईतबार “रामारोशन क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिको संस्थापक अध्यक्षमा रावललाई नियुक्त गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामका सचिवालय सदस्य समेत रहेका रावलले अध्यक्ष नियुक्त भईसकेपछी समिती अध्यक्ष रावलले संस्थापक अध्यक्षको जिम्मा आफुले पाएकाले हरेक चुनौतीलाई अवसरमा बदल्ने बताउनु भएको छ । रामारोशन क्षेत्रका ऐतिहासिक, धार्मिक, सास्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धनको जिम्मा आफ्नो समितीमा आएकाले सबैलाई साथ दिन आग्रह गर्नु भएको छ ।

बाढी पहिरो र कोरोनाभाईरसको संक्रमण तथा जोखिमका कारण प्रचारप्रसारमा सिथील भएको रामारोशनको प्रचारप्रसार तथा आन्तरिक पर्यटकलाई बढाव दिने कार्य चाडै सुरु हुने बताउनु भयो । समितीको अन्य सदस्य पशुपति कुवँर, बिर्ख रोकाया, कमल साउद, अमर साउद रहेका छन । त्यसैगरि कार्यकारि अधिकृतमा गंगा कुवँर बुढा नियुक्त हुनु भएको छ ।

प्रतिक्रिया