निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?
तपाईंको फ्रेण्ड लिस्टमा भएका केही व्यक्तिको निधन भइसकेको हुनसक्छ । तर तपाईंले कल्पना गर्नुभएको छ, तपाईंको निधनपश्चात फेसबुक प्रोफाइल के होला रु कसले चलाउला र ?
फेसबुकले यस्तो समयका लागि एउटा अप्सन दिन्छ । ता कि तपाईंको निधन भइसकेपछि अरु कसैले यसलाई नियन्त्रण गर्न सकोस् ।
तपाईंको फेसबुकमा रहेको लिगेसी कन्ट्याक्टले तपाईंका लागि एक मेमोरियल पोस्ट लख्न सक्छ । जसले पोस्ट हेर्न सक्छ र टाइमलाइनमा कसले श्रद्धाञ्जली दिन सक्छ भन्ने कुराको निर्धारण पनि गर्न सक्छ ।
तर यहाँनिर थाहा पाउनुपर्ने कुरा के छ भने आपाईंको अकाउण्टलाई त्यस्तो लिगेसी कन्ट्याक्टमा भएको व्यक्तिले आफ्नै प्रोफाइललाई जस्तो साथीहरु एड गर्न, हटाउन वा म्यासेज पढ्ने काम गर्न भने सक्दैन ।
फेसबुक एपको दायाँतर्फ माथि कुनामा रहेको तीन वटा धर्सा भएको स्थानमा ट्याप गरी तल रहेको सेटिङ एण्ड प्राइभेसीमा जानुहोस् । त्यहाँ रहेको सेटिङ हुँदै योर फेसबुक इन्फरमेसनमा पुग्नुहोस् ।
त्यसमा रहेको अकाउण्ट एन्ड अनरशिप एण्ड कन्ट्रोलभित्र प्रवेश गर्नुहोस् । अब तपाईंले सुरुमै मेमोरलाइजेसन सेटिङ देख्नुहुनेछ ।
जसमा तपाईंले चुज लिगेसी कन्ट्याक्ट बटनमार्फत लिगेसी निधन भइसकेपछि आफ्नो फेसबुक नियन्त्रण गर्ने व्यक्ति छान्न सक्नुहुनेछ । यदि निधनपछि तपाईं आफ्नो फेसबुक प्रोफाइल मेमोरलाइज नभएर स्थायीरुपमा डिलिट होस् भन्ने चाहनुहुन्छ भने डिलिट आफ्टर डेथ नामक तलको विकल्प रोज्न समेत सक्नुहुनेछ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया