Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

हत्याको आशंकामा किटानी जाहेरी

हत्याको आशंकामा किटानी जाहेरी

कैलाश खोलामा १९ गते मृत अवस्थामा भेटिएकी महिलाको हत्याको आशंकामा माईतीले किटानी जाहेरी दिएका छन् । मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँ निबासि रेश्मा कुवर रावल कैलाश खोलामा मृत अवस्थामा भेटिएकी थिईन् । माईती पक्षले मृतकका श्रीमान् निरज रावलको नाममा किटानी जाहेरी दिएका छन् । रेश्माको टाउँकोमा चोट लागेको र दुबै कानबाट रगत बगेको देखिएकाले आत्महत्या नभएर हत्या नै गरेकोले किटानी जोहरी दिएको मृतकका बुवा छत्र कुँवरले बताउनु भयो । प्रहरीले तिनदिन पछि मात्र किटानी जोहरी लिन मानेको कुँवरले बताउनु भयो ।

श्रीमान्ले मदिरा खाएर कुटपिट गरेको भन्दै पटक पटक भागेर रेश्मा माईत आउने गरेको आमा अमरकला कुवरले बताउनु भयो । १८ गते साझ खाना ढिलो पकाएको भन्दै श्रीमान् श्रीमती बिच बिवाद भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । माईती पक्षको किटानी जाहेरीपछि अब घटनाको अनुसन्धान अगाडी बढाउने डिएसपी योगेन्द्र सिह थापाले जानकारी दिनु भयो । निरजले चार महिना पहिले रेश्मासंग बिहे गरेका थिए ।

प्रतिक्रिया