Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

नेपाली काङ्ग्रेस मंगलसेन -११ द्वारा रामारोशनका बाढी पीडितलाई सहयोग

नेपाली काङ्ग्रेस मंगलसेन -११ द्वारा रामारोशनका बाढी पीडितलाई सहयोग

भदौ १२, अछाम

नेपाली कांग्रेस मंगलसेन नगरपालिका - ११ ले रामारोशन गाउँपालिकाका बाढी पहिरो पिडित परिवारका लागि १० हजार १ सय २५ रुपैयाँ अार्थिक सहयोग गरेको छ । अाज एक कार्यक्रमका बिच नेपाली कांग्रेस रामारोशन गाउँपालिकाको राहत संकलन तथा उद्वार समितिको कोषका संयोजक पुष्प बिष्टमार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेको नेपाली कांग्रेस मंगलसेन नगरपालिका - ११ का सभापति नरबहादुर भण्डारीले बताउनुभयो ।वडा कार्य समितिबाट राहत संकलन गरि रामारोशनका जनतालाई सानै भए पनि राहत होस भन्ने हेतुले सहयोग गरेको सभापति भण्डारीले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार कांग्रेस अछाम क्षेत्र न१ प्रदेश सभा(ख)का सभापति डम्बर स्वार, क्षेत्र न २ प्रदेश सभा (ख )का सभापति पुर्ण रावल, नेपाली कांग्रेस रामारोशनका सचिव पुर्णबहादुर विक, ममंगलसेन नगरपालिका नगर कार्यपालिका सदस्य कौशिला ढुंगानालगायतको सहभागीता रहेको थियो । राहत संकलन कार्य भइरहेको र सक्दो सहयोग गरिदिहुन राहत संकलन तथा उद्वार समितिका संयोजक पुष्प बिष्टले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया