Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

नेपाली काङ्ग्रेस रामारोशनद्वारा विपदमा परेकालाई सहयोग गर्न अभियान

नेपाली काङ्ग्रेस रामारोशनद्वारा विपदमा परेकालाई सहयोग गर्न अभियान

भदौ १० ,अछाम

नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिकाले राहत संकलन तथा उद्वार समितिको कोषमार्फत रकम संकलन गर्न अभियान संचालन गरेको छ । भदौ २ गतेका दिन रामारोशन क्षेत्रमा भीषण बर्षासँगै आएको बाढीले मृतक र विस्थापित परिवारका लागि सहयोग स्वरुप उक्त अभियान सुरु गरिएको हो ।

संयोजक युवा नेताद्वय पुष्प बिष्ट र सह संयोजक पुर्णबहादुर विक रहनु भएको कोषमा बुधबारसम्म १ लाख ८७ हजार ६ सय ११ रुपैयाँ जम्मा भएको छ । प्रतिनिधि सभा सदस्य रामबहादुर बिस्टबाट १ लाख ११ हजार १ सय ११ , बान्निगढी जयगढ -६ दर्ना स्थायी घर भइ हाल जापानमा रहनु भएका ज्ञानेन्द्र बहादुर शाहबाट ५५ हजार ५ सय , ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्य समिति अछामबाट २५ हजार गरि उक्त रकम जम्मा भएको हो । विपतको समयमा सबैखालको सहयोग गरिदिन समेत नेपाली काङ्ग्रेस रामारोशनले आग्रह गरेको छ ।

प्रतिक्रिया