Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

अछाममा थप १८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८२६ पुग्यो

अछाममा थप १८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८२६ पुग्यो

सोमबार अछाममा १८ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

अछाम जिल्लाको मंगलसैन नगरपालिका - ५ का १४ जना, साँफेबगर  नगरपालिका वडा नम्बर ३ मा २ जना, वडा नम्बर -१३ मा १ जना र जिल्लाकै परिचय नखुलेका १ जना गरी १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  यो सँगै अछाम जिल्लामा मात्रै ८ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रतिक्रिया