Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

अब अस्पतालहरूको वर्गीकरण खारेज, सबैले संक्रमितको उपचार गर्नुपर्ने

अब अस्पतालहरूको वर्गीकरण खारेज, सबैले संक्रमितको उपचार गर्नुपर्ने

सरकारले यसअघि अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेकोमा त्यसलाई खारेज गर्ने निर्णय गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ती अस्पतालको वर्गीकरण खारेज गरेर सबैलाई कोभिड अस्पताल बनाइएको जानकारी दिए।

सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि जिल्ला, प्रदेश र केन्द्रीय तहमै अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेको थियो।

अब भने ती अस्पतालहरूको वर्गीकरण खारेज गरिएको छ। अब तोकिएका कोभिड अस्पतालहरूले संक्रमितलाई आफै भर्ना गरेर उपचार गर्नुपर्ने छ। यसअघि केही अस्पतालहरूले संक्रमितहरूलाई अन्य अस्पतालमा रिफर गर्दै आएका थिए।

जसले गर्दा संक्रमितहरूलाई समस्या पर्ने र सीमित अस्पतालहरूमा बेड अभाव हुने गरेको छ।

मन्त्रालयले संक्रमितको संख्या बढ्दै जाँदा अन्य अस्पतालहरूलाई पनि कोभिड अस्पताल बनाउन कसरत गरिरहेको छ। अब यी अस्पतालहरूले ननकोभिड विरामीलाई पनि नियमित सेवा प्रदान गर्दै कोभिड विरामीको पनि उपचार गर्नुपर्ने छ। सेतोपाटी 

प्रतिक्रिया