Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

रञ्जितालाई रेशमको ‘काउन्टर’ जवाफः सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्रीहरु फिर्ता हुँदैनन्

रञ्जितालाई रेशमको ‘काउन्टर’ जवाफः सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्रीहरु फिर्ता हुँदैनन्

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । आज (शनिबार) बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका हुन् । हिजो (शुक्रबार) स्ुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी र खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाएका थिए ।

पार्टीको निर्णयविपरीत सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीहरुलाई कारबाही गर्ने चेतावनी दिएकी थिईन् । सरकारमा सहभागी हुन पार्टीले अनुमति पनि नदिएको र पार्टीभित्र यस विषयमा छलफलसमेत नभएकाले आफूखुसी सरकारमा सहभागी भएको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

तर, अध्यक्ष श्रेष्ठको भनाइविपरीत संरक्षक चौधरीले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका हुन् । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । उनीहरुबीच पार्टीको प्रथम महाधिवेशनदेखि नै खटपट सुरु भएको थियो । अन्ततः रञ्जिताले मनोनयन दर्ताको समयमा महाधिवेशन स्थलनै छाडेर काठमाडौं आएका थिए । अन्ततः आफ्नै अड्डीले पार्टी अध्यक्ष बनेका रेशमलाई निर्वाचन आयोगले पार्टीको साधरण सदस्य रहनसमेत अयोग्य भनेर निर्णय गरेपछि अहिले रञ्जिता नै अध्यक्ष छिन् ।सरकारमा सहभागिताबारेमा पनि उनीहरुबीच मतभेद देखापरेको छ ।

प्रतिक्रिया