Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कुँवरले कोटिहोम आउने  भक्तजनका लागी नि:शुल्क यातायातको व्यवस्था गर्ने

लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कुँवरले कोटिहोम आउने  भक्तजनका लागी नि:शुल्क यातायातको व्यवस्था गर्ने

लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष एवम समाजसेवी कृष्ण कुँवरले १४४ बर्ष पछी बैद्यनाथ धाममा लागिरहेको कोटीहोम अवधिभरी भक्तजनका लागी नि:शुल्क यतायात को व्यवस्था गर्ने घोषणा गरेका छन ।

आफ्नो फेसबुक वालामा सोमबार एउटा पोष्ट गर्दै अध्यक्ष कुँवरले उक्त घोषणा गरेका हुन । कुँवरले साँफेबगर नगरपालिका का वडा न १,२,३,४,५,७ र १० बाट आउने श्रद्धालु भक्तजनहरुका लागी नि:शुल्क रुपमा आफ्नै निजी सवारी साधन स्करपियो उपलब्ध गराउने बताएका छन ।

कुँवर लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष का साथ साथै समाजसेवी, नेपाली कांग्रेसका महाधिवेशन प्रतीनिधी र साँफेबगर हाटबजारका युवा व्यवसायी समेत हुन । 

प्रतिक्रिया