Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

साँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न भएको छ । समुदायमा जाऔं समुदायलाई सुनौ भन्ने मुल नाराका साथ समुदायमा कांग्रेस अभियान अन्तर्गत आज साँफेबगर नगरपालिका ३ मा कार्यक्रम सम्पन्न भएको त्रिपुरा  सुन्दरी क्याम्पसका स्ववियु सभापती कमल कुँवरले जानकारी दिएका छन ।

नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा न ३ का उपसभापती दान बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस अछामका उपसभापती अर्जुन ताम्राकार रहेका थिए भने  विशिष्ट अतिथी नेपाली कांग्रेसका महासमिती सदस्य भगवती खनाल, साँफेबगर नगरपालिका वडा न ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, त्रिपुरा  सुन्दरी क्याम्पसका स्ववियु सभापती कमल कुँवर रहेका थिए । त्यसैगरी अतिथिमा साँफेबगर नगरपालिका वडा न ३ का वडा सदस्य लक्ष्मी कुँवर्, सारदा लुहार नेपाली कांग्रेसका पार्टी प्रतीनिधी  खेमराज कुँवर, पुर्ण कुँवर, बजिर आउजि, वसन्त सुनार, झाप्पर कुँवर, सितादेवी कुँवर, पुष्पा कुँवर, प्रेम ठकुल्ला रहेका थिए भने कार्यक्रमको सन्चालन सुवास कुँवरले गरेका थिए । 

कार्यक्रमा उपस्थित सबैले नेपाली कांग्रेसका महासमिती सदस्य राजन कुँवरको कारबाही फुकुवाको माग राखेका थिए । 

प्रतिक्रिया