Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

‘बयलपाटा अस्पतालमा प्रदेश सरकारले अनुदानको व्यवस्था गरोस’ मेघराज खड्का

‘बयलपाटा अस्पतालमा प्रदेश सरकारले अनुदानको व्यवस्था गरोस’  मेघराज खड्का

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य मेखराज खडकाले बयलपाटा अस्पतालका लागि प्रदेश सरकारले अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।

आज बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकको शून्य समयमा बोल्दै बयलपाटा अस्पताल बन्द हुने अवस्थामा पुगेको हुँदा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्न माग गरेका हुन् ।

‘प्रदेशका पहाडी जिल्लामा बयलपाटा अस्पतालले राम्रो सेवा प्रदान गर्दै आइरहेको थियो । अहिले स्त्री रोग सम्बन्धी सेवा बन्द अवस्थामा छ । बयलपाटाको बन्द हुने अवस्थामा पुगेको छ’ उनले भने –‘त्यहाँका जनताले हामीसंग पटक–पटक प्रश्न गरिरहेका छन् । हामीले आफनो क्षेत्रमा पाइला राख्न सक्ने अवस्था छैन् । प्रदेश सरकारको अधिकार क्षेत्रमा रहेको यो अस्पतालबारे प्रदेश सरकार गम्भिर हुन सकेको छैन् ।’

उनले अनुदानका लागि प्रदेश सरकारलाई थुप्रै पटक भन्दा समेत अनुदानको व्यवस्थामा ध्यान नदिएको बताए ।

प्रतिक्रिया