Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं सहित सानपा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम

५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं सहित सानपा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएको छ । साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो पञ्चदेवल विनायक नगरपालिकाले ५ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ ।

तेस्रो भएको मेल्लेख गाउँपालिकाले ४ स्वर्ण, २ रजत गरी गरी ६ अंक प्राप्त गरेको गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर खड्काले जानकारी दिए । 

यस्तै चौथो भएको चौरपाटी गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ । मंगलसैन नगरपालिकाले ३ स्वर्ण, ३ रजत र ३ कास्य गरी १३ अंक, कमलवार नगरपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य गरी ८ अंक प्राप्त गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

रामारोशन गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कास्य गरी ९ अंक, वान्नीगढी गयगढ गाउँपालिकाले १ स्वर्ण २ रजत गरी ३ अंक, तुर्माखाँद गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी ५ अंक र पुछारमा रहेको ढकारी गाउँपालिका भने स्वर्ण विहिन भएको छ । उसले २ कास्य मात्रै प्राप्त गरेको छ। 

१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ ६ गतेबाट सुरु भएर आज सम्पन्न भएको हो ।  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएपछि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले प्रतियोगितामा खेलाडीहरुलाई अनुशासित भएर राम्रो खेल प्रदर्शन गरेकोमा धन्यवाद दिए ।

उनले अव प्रदेश स्तरमा हुने खेलमा नगरपालिकाबाट उत्कृष्ट प्रर्दशनको लागि सहयोग हुने बताए । उनले नगर क्षेत्रमा सम्भावना बोकेका खेलाडीहरुको खोजि गर्ने समेत बताए ।

प्रतिक्रिया