Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

इप्रका मालाखेतीको हिरासतमा पुस्तकालय स्थापना

इप्रका मालाखेतीको हिरासतमा पुस्तकालय स्थापना

कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।

फौजदारी अभियोग लागि कानुनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालयको आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले उद्घाटन गरेका थिए ।

उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली बीच भएको नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्यसम्पादन सम्झौता अनुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको बताए ।

प्रतिक्रिया