Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ कार्यविधि विरुद्ध सर्वोच्चमा रिट दायर

धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ कार्यविधि विरुद्ध सर्वोच्चमा रिट दायर

धनगढीमा लागू गरिएको जग्गाको प्लटिङ सम्बन्धी नयाँ मापदण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

उपमहानगरपालिकाले अघिल्लो सोमबार जग्गा प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर अनिवार्य हुने गरी प्रावधान लागू भएको कार्यविधि राजपत्रमा प्रकाशित गरेको थियो ।

उक्त कार्यविधि विरुद्ध कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले मुद्दा दायर गरेका हुन् । उपमहानगरपालिका तथा नगर प्रमुखलाई विपक्षी बनाएर दायर गरिएको रिटको पेसी पौष ११ गतेकाका लागि तोकिएको छ ।

No description available.

प्रतिक्रिया