Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत, ५० प्रतिशत फर्केर तिर्दैनन

ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत, ५० प्रतिशत फर्केर तिर्दैनन

एक अध्ययनले वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत नेपाली ऋण काढेर जाने गरेको देखाएको छ। 

प्रवासी समन्वय समिति (पिएनसिसी) मा सन् २०१४ देखि २०२२ सम्म दर्ता भएका श्रमिकहरूसँग सम्बन्धित अध्ययनले यस्तो देखाएको हो। 

ऋण लिएकामध्ये लगभग ५० प्रतिशतले वैदेशिक रोजगारीबाट फर्केर पनि तिर्न नसकेको अवस्था अध्ययनले देखाएको छ।

रोजगारीबाट फर्केकाहरू थप आर्थिक जोखिममा रहेको देखिएको छ। वैदेशिक रोजगारीबाट फर्केका ७२ प्रतिशत श्रमिकले बचत गर्न नसकेको देखिएको छ। उनीहरूले आय आर्जन गरेको पुँजी नेपालमा लगानी गर्नका लागि पनि चुनौती देखिएको अध्ययनले देखाएको छ। 

पछिल्लो समय वैदेशिक रोजगारीमा दैनिक औसत दुई हजारको हाराहारीमा युवाहरू वैदेशिक रोजगारीमा गइरहेका छन्।

प्रतिक्रिया