Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

गोरख बक्स गणद्धारा सामुदायिक विपद् प्रतिकार्य तालिम संचालन

गोरख बक्स गणद्धारा सामुदायिक विपद् प्रतिकार्य तालिम संचालन

श्री गोरख बक्स गणको Lead  मा समुदायहरुको First Responder  क्षमता अभिवृद्धि गर्न तथा सैनिक नागरिक सम्बन्ध थप सुदृढ बनाउन अछाम जिल्ला, मंगलसेन नगरपालिका  वडा नं.५  स्थित बाल मन्दिर स्कूलको सभाहलमा २५ जना स्थानीयहरुलाई सहभागी गराई मिति २०८०।०७।२३ गतेदेखि ऐ.२६ गतेसम्म सामुदायिक विपद् प्रतिकार्य तालिम संचालन भएको । जसबाट स्थानियहरुले विपद् व्यवस्थापन प्रतिकार्य सम्बन्धी जानकारी हासिल गर्नुका साथै, विभिन्न डेमोस्ट्रेशन जस्तैस् आगलागी नियन्त्रण, प्राथमिक उपचार, हाई लेन रेस्क्यू, ईम्प्रोभाईज स्ट्रेचर बनाउने तरिका आदी विषयहरुमा व्यवहारीक ज्ञान दिलाईएको थियो ।

तालिमबाट स्थानियहरूमा विपद्को दौरान सुरक्षाकर्मीहरु उक्त स्थानमा पुग्न समय लाग्न सक्ने भएको हुंदा यस किसिमका तालिमबाट समुदायको First Responder क्षमता अभिवृद्धि हुने र आगामी दिनमा जिल्लाका विकट क्षेत्रहरुमा गई यस प्रकारका तालिमहरु संचालन गर्ने कुरा श्री गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिल्वालले अन्तिम प्रवचनको दौरान उल्लेख गर्नु भएको थियो । तालिममा सरिक स्थानियहरु तालिम गर्न र विभिन्न डेमोस्ट्रेशनमा सहभागी हुन पाउँदा एकदमै खुसि महशुस भएको तथा आई परेको अवस्थामा विपद् प्रतिकार्यमा तैनाथ हुन सहज हुने कुरा तालिममा सरिक हुनु भएका मंगलसेन नगरपालिका  ५ निवासी प्रकाश खड्काले बताउनु भयो ।   

प्रतिक्रिया