Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

साँफेबगरमा दोस्रो मेयर कप पुरुष फुटबल प्रतियोगिता हुने

साँफेबगरमा दोस्रो मेयर कप पुरुष फुटबल प्रतियोगिता हुने

साँफेबगरमा दोस्रो मेयर कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । अछामको साँफेबगर नगरपालिकाको मुख्य प्रायोजनमा ब्ल्याक एन्जल एफ.सि. द्धारा आयोजित प्रतियोगिता कार्तिक २३ देखि सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद पचास हजार, उपविजेताले पच्चीस हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ ।


विजया दशमी तथा शुभ दिपावलीको अबसरमा खेलकुद क्षेत्रको विकास र विस्तारमा टेवा पुर्याउने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको ब्ल्याक एन्जल एफ.सि. का सुवास कुँवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया