Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

आफ्नै सेवा सुविधा बाट नगर प्रमुखले बाँडे टुहुरा बालबालिकालाई दसैं खर्च

आफ्नै सेवा सुविधा बाट नगर प्रमुखले बाँडे टुहुरा बालबालिकालाई दसैं खर्च

साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दसैं खर्च उपलब्ध गराएका छन्। नगरपालिकाका -१४ वडाका आमाबुबा दुवै गुमाएका बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दसैं खर्च उपलब्ध गराएका हुन्।

नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् । एकजनालाई २ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले जानकारी दिइन् । 

नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दसैं मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए । उनले भने, ‘मेरो पालिकाभित्रका टुहुरा बालबालिकाको अभिभावक म हुँ। त्यसैले मेरा बालबालिकाको हेरविचार मैले गर्नुपर्छ । मेरो कार्यकाल रहँदासम्म मेरो सेवा सुविधाबाट हरेक दसैंमा आर्थिक सहयोग गर्नेछु । दसैं दशा कसैको पनि नबनोस् ।’

उनले आफूले पाउने सेवा सुविधा यस्तैखालका सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया