Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

विमानस्थलमा इजरायलबाट घर फिर्तीको खुसी र आँसु सँगसँगै [तस्बिरहरू]

विमानस्थलमा इजरायलबाट घर फिर्तीको खुसी र आँसु सँगसँगै [तस्बिरहरू]

इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् । द्वन्द्वग्रस्त इजरायलको बेन गुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो ।  

हिजो अपरान्ह उडेको जहाज शुक्रबार बिहान करिब पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँसुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे । इजरायलबाट फर्किदाको त्यो क्षणमा विमानस्थलमा सँगसँगै खुसी र आँसु देख्न सकिन्थ्यो । 

बिहीबार बिहान साढे २ बजे इजरायलका जहाज झण्डै २४ घण्टापछि नेपालीहरुको उद्दार गरी काठमाडौं फर्किएको हो । परराष्ट्र मन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको जहाज इजरायलमा जोखिममा रहेका नेपालीको उद्धारका लागि पठाइएको थियो । 

वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्रु मेम्बरले उद्धार उडान भरेका हुन् । हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।

 

 



प्रतिक्रिया