Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलकाे यात्रा नगर्न श्रम मन्त्रालयकाे आग्रह

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलकाे यात्रा नगर्न श्रम मन्त्रालयकाे आग्रह

काठमाण्डाै - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलकाे यात्रा नगर्न अनुरोध गरेको छ ।

हिजो बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो ।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय भोलि बिहान १ बजे तय भएको थियोे । तर इजरायलमा  युद्ध चलिरहेकाले  भिसा पाएका २४ जना कामदारलाई त्यहाँको यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ ।

जोखिमयुक्त क्षेत्रमा रहेका लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया