Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

इजरायलमा ज्यान गुमाएका नेपालीकाे शाेकमा भाेलि राष्ट्रिय शाेक, मृतकका परिवारलाई १० लाख राहत

इजरायलमा ज्यान गुमाएका नेपालीकाे शाेकमा भाेलि राष्ट्रिय शाेक, मृतकका परिवारलाई १० लाख राहत

काठमाण्डाै – इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शाेककाे घाेषणा गरेको छ ।

आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट 'इन्टर्न' मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।

प्रतिक्रिया