Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

बङ्करमा रहेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा लग्याे

बङ्करमा रहेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा लग्याे

काठमाण्डाै – प्यालेस्टिनकाे विद्राेही समूह हमासले आक्रमण गरेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।

इजरायली सेनाले स्कर्टिङ गरेर आफूहरूलाई सुरक्षित स्थानतर्फ लगेको बर्दियाका लुइस रिजालले भिडियो सन्देशमार्फत जानकारी गराउनुभएको छ । उनीहरूलाई इजरायली सेनाले बङ्करबाट निकालेर तेल अभिभतर्फ लगेको छ ।

उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट 'लर्न एन्ड अर्न' कार्यक्रममा गएका हुन् । आक्रमणमा उनीहरूकै समूहका १० जनाको ज्यान गएको हो ।

प्रतिक्रिया