Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तर्गत जनकल्याण मा.बि. मा दोस्रो चरणको अनुगमन सम्पन्न

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तर्गत जनकल्याण मा.बि. मा दोस्रो चरणको अनुगमन सम्पन्न

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरणको अनुगमन साँफेबगर नगरपालिका ४ जनकल्याण मा.बि. मा सम्पन्न भएको छ । UNFPA ]को आर्थीक सहयोग, भि एस ओ र पीसविन नेपालको सहकार्यमा साँफेबगर नगरपालिकाका ४ वडामा संचालित १६ हप्ते कार्यक्रम अन्तर्गत आज जनकल्याण मा बि मा अनुगमन गरीएको हो ।

'अनुगमनमा साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवर (शिलोज) साँफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवराज बुढा, साँफेबगर नगरपालिकाका शिक्षा शाखा प्रमुख हिरा दत्त भट्ट, जनकल्याण मा.बि.का सह प्रधानाध्यापक टेक बहादुर कुँवर, (CMC) CPSW कोडिनेटर मनिषा ढुंगाना, पीसविन नेपालका विदुर रावल, पीसविन नेपाल सामुदायिक स्वयम् सेवक सिता कुँवर, साथि शिक्षक मंगल बाब्लि, साथि शिक्षक सपना महर, सहयोगि शिक्षक हंश कुँवर, जानकि खड्का कुँवर लगाएतको सहभागिता रहेको थियो । 

'लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना को १६ हप्ते कार्यक्रममा जनकल्याण मा.बि.का कक्षा ८,९, र १० का २० किशोर, २० किशोरी गरी ४० जना विद्यार्थिहरु सहभागि छन् ।

प्रतिक्रिया