Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

कैलालीमा एक युवकमाथि हतियार प्रहार, उदय फरार, जीवन पक्राउ

कैलालीमा एक युवकमाथि हतियार प्रहार, उदय फरार, जीवन पक्राउ

धनगढीः कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ।

बिहीबार राति जानकी गाउँपालिका–९ मा  पुर्वखैरी फाँटाका २३ वर्षीय हेमराज गिरीमाथि धारिलो हतियार प्रहार गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार ती युवकमाथि सोही स्थानका २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्।

हतियार प्रहारबाट गिरीको टाउकोमा चोट लागेको छ। उनको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हतियार प्रहार गर्ने भारतीलाई प्रहरीले चिसापानीबाट पक्राउ गरेको छ भने उदय विक फरार छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया