Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

रिगलको सजायमाफीविरुद्धको रिटमा सुनुवाइ सकियो, आदेश केहीबेरमा

रिगलको सजायमाफीविरुद्धको रिटमा सुनुवाइ सकियो, आदेश केहीबेरमा

गुण्डानाइके रिगल भनिने योगराज ढकाललाई दिएको सजायमाफी विरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ सकिएको छ।नेपालगञ्जका चेतन मानन्धरलाई निर्ममता पूर्वक हत्या गरेर सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढकाललाई संविधान दिवसकाको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिमा सजाय छुट दिएका थिए।

उक्त छुट कानुन र संविधानको मर्मविपरीत रहेको भन्दै चेतनकी पत्न भारती मानन्धरले असोज १४ गते सर्वोच्चमा रिट हालेकी थिइन्।

रिटमाथि बिहीबार न्यायाधीश डा. मनोज शर्माको इजलासमा प्रारम्भिक सुनुवाई सकिएको छ। सर्वोच्च स्रोतका अनुसार आदेश केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ। निर्णयविरुद्ध भारतीले अनशनसमेत सुरु गरेकी छिन्।

प्रतिक्रिया