Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

भूकम्पका कारण सुदूरपश्चिमका ७ वटा जिल्ला प्रभावित : घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

भूकम्पका कारण सुदूरपश्चिमका ७ वटा जिल्ला प्रभावित : घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

बझाङ केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।

अस्ति मङ्गलवार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प जाँदा बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी तीन सयभन्दा धेरै घरमा क्षति पुगेको छ । झण्डै ३२ वटा सरकारी कार्यालय तथा विद्यालय भवनमा पनि क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम र बाजुरामा गरी २७ जना घाइते भएका छन् । भूकम्पले सबैभन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । बझाङमा एक महिलाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

अछाममा पाँच जना र बाजुरामा २ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भइ घाइते भएकाको उपचार खर्च ब्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा हिजो बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ

मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पमा परि घाइते भएकाको उपचारमा कुनै कमीकमजोरी हुन नदिने र उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आज बस्दैछ ।

बैठकमा बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना र सरकारको कार्ययोजनाबारे छलफल हुनेछ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको थियो ।

 

प्रतिक्रिया