Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

नेपालगन्ज तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यु

नेपालगन्ज तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यु

नेपालगन्जः बाँकेको नेपालगन्ज बजार तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। हिन्दु र मुस्लिम समुदायबिच तनाव बढ्ने अवस्था देखिएपछि नेपालगन्ज बजारमा कर्फ्यु लगाइएको हो।

बाँके प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए। प्रशासनले नेपालगन्ज उपमहानरको पूर्वमा राप्ती नदी, पश्चिम इन्द्रपुर, उत्तरमा राझा विमानस्थल र दक्षिणी सीमा नाकासम्मको क्षेत्रमा भेला, सभा, जुलुस गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको हो।

आजै मात्र हिन्दुवादी समूहले नेपालगन्ज बजारमा प्रदर्शन गरेका थिए। त्यहाँ सुरक्षा व्यवस्था कायम गर्न असफल भएको भन्दै प्रहरी प्रशासनको विरोध भइरहेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वपक्षीय भेलामा प्रहरी प्रशासन सुरक्षा व्यवस्था कायम गर्न पूर्णरुपमा असफल देखिएको र सामाजिक सदभाव बिथोल्ने एवं अराजकता मच्चाउने समूहलाई नियन्त्रण नगरेको भन्दै आलोचना भएको थियो। तनावको अवस्थाप्रति संवेदनशील हुँदै कर्फ्यु जारी गर्नुपर्ने अवस्था सिर्जना भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

प्रतिक्रिया