महाकाली नदीमा एक पुरूष बेपत्ता
दार्चुलाः दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका एक जना पुरूष महाकाली नदीमा बेपत्ता छन्।
बिहीबार बिहान साढे ७ बजेतिर सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट एक पुरुषले हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता पुरूषमा महाकाली नगरपालिका–१ लास्कुका करिब ४० वर्षीय कालुराम भूल हुन्। उनले के कति कारणले हाम फालेको पनि बुझिएको छैन। बेपत्ता पुरूषको सुरक्षाकर्मी र स्थानीयहरूले नदी किनारमा खोजिरहेका छन्।
अहिले पुलघाट क्षेत्रमा बेपत्ता पुरूष नेपालबाट झोलुङ्गे पुल प्रयोग गरी भारत गइरहेको र भारतपट्टि एसएसबीले पहिचान पत्र मागेको हुनाले उनको साथमा कुनै किसिमको पहिचान पत्र नभएको भन्दै उनलाई नेपाल फर्काएको हल्ला चलेको छ। भारतीय सुरक्षाकर्मीले नेपाल फर्काएपछि बीच पुलबाट महाकालीमा हाम फालेको उनीहरुले बताएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया