साँफेबगर नगरपालिका वडा ७ रिडिकोटको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
साँफेबगर नगरपालिका वडा ७ रिडिकोटको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
सोमबार वडा कार्यालय रिडिकोटमा सुशासन पारदर्शिता र जवाफदेहिताका लागि आर्थिक बर्ष २०७९/८० मा वडा कार्यालय मार्फत भएको बिकास निर्माणमा भएको खर्च, सार्वजनिक सेवा प्रवाह र अन्य गतिविधिका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।
आर्थिक बर्ष २०७९/८० मा वडा कार्यालयले ४१ लाखको आय ब्याय प्रस्तुत गरेको थियोे । यस्तै वडा कार्यालयले जन्म दर्ता दर्ता, बिवाह दर्ता, मृत्यु दर्ता र बसाइँसराइका ८ सय ४३ ब्याक्तिगत घटना दर्ता गरेको छ।
वडा अध्यक्ष हिम्मत बहादुर कडायतको अध्यक्ष्ातामा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रम साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अथिती रहेका थिए ।
कार्यक्रम बिशिस्ट अथिती नेपाली कांग्रेस पूव जिल्ला कार्यसमिति सचिव तथा पुर्व गाबिस अध्यक्ष भरत बहादुर कुमाल,कार्यपालिका सदस्य मिना केसी सरस्वती आधारभुत बिधालय प्राधानाध्यापक प्रकाश कुमाल, ससस्त्र प्रहरी बल खप्तड गुल्मका सई ईलाका प्रहरी कार्यालय बयालपाटाका प्रहरी सहायक निरिक्षक देबेन्द्र कुँवर लगायत अन्य सरोकारवालाको सहभागीता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया